Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन-२ मा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्ता

चितवन । उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवार दर्ता गराएका छन् ।

न्यौपानेले पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन्।

न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन-३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो ।

चितवन-३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।

चितवन-२ मा यसअघि रास्वपा सभापति लामिछाने र कांग्रेसबाट पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077