Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तनहुँ १ मा विवेकशील साझाले रास्वपालाई समर्थन गर्ने

काठमाडौं । विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

विवेकशील तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगानाका अनुसार आफुले उम्मेदवारी नदिई रास्वपाका उम्मेदवार अर्थविद् डा। स्वर्णिम वाग्लेलाई समर्थन गर्ने जनाएको हो ।

रास्वपाका वाग्लेलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनका मतदाताहरूलाई संयोजक ढुंगानाले आग्रह समेत गरेका छन् ।

गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077