Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • अनलाइन ठगीको कारोबारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

    अनलाइन ठगीको कारोबारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 498
    SHARES

    धनुषा । धनुषामा अनलाइन ठगी कारोबारमा संलग्न २३ जना पक्राउ परेका छन् ।

    उनीहरुलाई पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य जारी छ । विस्तृत विवरणपछि सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार