Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ठगीको आरोपमा एकजना पक्राउ

    ठगीको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 522
    SHARES

    काठमाडौं । प्रहरीले अनलाइनमा लगानी गरेर दोब्बर नाफा हुन्छ भन्दै ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    जुम्लाको चन्दननाथ नगरपालिका-६ घर भइ हाल काठमाडौंको नरेफाँट बस्ने २४ वर्षका राज रोकाया पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा साथी बनाइ कुराकानी गरी अनलाइनमा रकम लगानी गरे बापत दोब्बर हुन्छ भनी इसेवा, खल्ती जस्ता वालेटहरुमा रकम पठाउन लगाइ ठगेका थिए ।



    उनले अहिलेसम्म विभिन्न व्यक्तिसँगबाट ७ लाख ७५ हजार २०० रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।

    हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्दै आएका उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार