Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् उपनिर्वाचन हुने तीन क्षेत्रका ६९ जना उम्मेदवार, को–को उठे ? [सूचीसहित]

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि कुल ६९ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको छ ।

निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्मको लागि उम्मेदवारी दिने समय तोकेको थियो । चितवन–२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाको उमेदवारी परेको छ ।

नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उमेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077