Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागु गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोग आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबारदेखि आचारसंहिता लागु गर्ने तयारी छ । आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागु हुनेछ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो। तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बारा २ मा ३६ जना, चितवन २ मा २४ जना र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता प्रकरणका सांसद पदबाट बर्खास्त भएपछि रिक्त ती क्षेत्रमा उपनिर्वाचन गरेर पदपूर्ति गर्न लागिएको हो।

उपनिर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत दलले उम्मेदवार चयन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077