पोखरा । पोखरा महानगरपालिका-१७ मा एक व्यक्तिले आत्मदाह गरेका छन् ।
विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् ।
अर्यालले घरको कोठा भित्रबाट चुकुल लगाएर शरीरमा आगो लगाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ ।