काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।
श्रमिक समूदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो माग गरेका हुन् ।
उनले जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।
भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफै समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने उनको भनाई छ ।