Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुपाल बरालको नेतृत्वमा आगामी वर्षको बजेट लेखन टिम तयार

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट लेख्ने टिमको टुंगो लगाएको छ ।

मन्त्रालय स्रोतका अनुसार बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ ।

जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।

टिमले आजैबाट विभागीय प्रमुखको जिम्मेवारी लिने र बजेट लेखन कार्यमा खटिने भएको छ। आगामी आवको बजेट १५ जेठ २०८० मा संसदमा प्रस्तुत भइसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077