Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१२४ किलो गाँजा बोकेको ट्रकसहित चालक प्रहरीको फन्दामा

धनुषा । धनुषामा गाँजा तस्करी गर्ने ट्रकसहित चालक पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो करिब १ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले १२४ केजी गाँजा बरामद गरेको हो ।

खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले १२४ केजी गाँजा बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा ट्रकसहित गाँजा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले ढल्केवरबाट जनकपुरधामतर्फ गईरहेको ना७ ख ४२५१ नम्बरको ट्रकलाई शंका लागी जाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077