Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रोजगारी सिर्जना गर्ने सही नीति अहिलेको आवश्यकता हो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले देशभरका युवाशक्तिलाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेकोतर्फ संकेत गर्दै अब भने सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए ।

अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने पनि बताए ।

अबको २० वर्षपछि नेपालमा ५५ वर्षभन्दा माथिका उमेर समूह अर्थात निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुने भएकोले सक्रिय जनशक्ति बढी भएको वर्तमान समयमै सोच्नु पर्ने उनको भनाई थियो ।

उनले भने–‘२० वर्षपछि देशमा निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुन्छ । त्यो बेलामा हामीले हाम्रो जनशक्तिलाई जति नै सक्रिय बनाउन खोजे पनि सम्भव हुँदैन । अहिले नेपाल संसारकै बढी युवा जनशक्ति भएको देश हो । त्यसलाई हामीले त्यही ढंगबाट सक्रिय बनाउन सकिरहेका छैनौं ।’

अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताउँदै उनले भने–‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077