Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु, अब बदल्छु : मन्त्री किराती

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।

“पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ”, उनले भने । वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ ।

पर्यटनमन्त्री किराँतीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077