Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा

सुर्खेत । सेना र प्रहरीमा जागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासा भएको छ ।

सुर्खेत भेरीगङ्गा नगरपालिका ३ की लक्ष्मी सुनारले प्रहरीमा जागिर लगाइदिने तथा शान्ति सेनामा पठाइदिने आश्वासन दिएर आफूबाट करिब ४८ लाख रुपैयाँ ठगी भएको बताएकी हुन् ।

पत्रकार सम्मेलन गर्दै पीडित सुनारले जाजरकोट स्थायी ठेगाना बताउने किरण शाही ठकुरीले आफूसहित १८ जनाको ४८ लाख रुपैयाँ ठगी गरेको बताइन् ।

शाहीले आफ्नो श्रीमानसहित अन्य पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाख रुपैयाँको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077