Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लेखराज भट्टको घरमा पुगेका प्रधानमन्त्री प्रचण्डले भने - यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमा पुगेका हुन् ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले नेता भट्टको घरसंग ४० वर्षदेखि सम्बन्ध रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने,'यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ।'

प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तर समारोहमा सहभागी हुन् आइतबार बिहान धनगढी आइपुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077