Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रचण्डलाई आफ्नो घरमा स्वागत गरेका लेखराज भन्छन्- तत्काल माओवादीमा जाने सम्भावना छैन

काठमाडौं। नेकपा (एमाले) का सचिव लेखराज भट्टले तत्काल माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।

आईतबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज धनगढीको गेटास्थित निवास भेट्न पुगेका प्रधानमन्त्री प्रचण्डलाई भट्टले स्वागत गरेका थिए।

भेटमा उनीहरुबीच पारिवारिक र सममायिक राजनीतिकबाहेक अन्य विषयमा कुराकानी नभएको स्पष्ट पारेका छन् ।

नेकपा विभाजन भएपछि एमालेतिर लागेका भट्टले आफू फेरि माओवादीमा जाने विषयमा छलफल नभएको र अहिले त्यो सम्भव पनि नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077