Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्मला हत्याकाण्डको पुनः गम्भीरतापूर्वक छानबिन भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

तनहुँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गम्भीरतापूर्वक छानबिनको काम भइरहेको बताएका छन् ।

आइतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

अपराधीलाई कानुनको दायमा ल्याएर अमन चैन गर्नु सरकारको दायित्व भएकाले छानबिन भइरहेको उनले बताए ।

उनले भने ‘जसले छुट दिन्छ त्यो पनि कारबाहीमा पर्छ, गम्भीरतापूर्वक छानबिन गर्छौं ।’’

जुन घटना थाँती छन् त्यसलाई निकर्षमा पु¥याउ गम्भीर रुपमा छानबिन गरिने मन्त्री श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077