Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्थमन्त्री महत भन्छन् - अर्थतन्त्रका समस्या समाधान गरेर सकारात्मक सन्देश दिन्छौं

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरेर सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताएका छन् ।

आइतबार अर्थमन्त्रालयमा आर्थिक मिडिया सञ्चालक सङ्घसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले मुलुकको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा रहेको भन्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी आफूले काम गर्ने बताए ।

उनले अर्थतन्त्रमा देखिएका सबै खाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन आफू लागि रहेको बताए ।

अर्थमन्त्री डा. महतले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गरी तत्काल सकारात्मक सन्देश दिनुपर्ने भएकाले आफ्नो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077