Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालेनलाई गृहमन्त्री श्रेष्ठको अनुरोध - समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउनू

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मलनमा उनले सो कुरा बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गरे ।

उनले भने, 'संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ । तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन ।'

'यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्‍यो नि,' गृहमन्त्री श्रेष्ठले भने,'तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं । तर तपाईले प्रदेश सरकार र संघीय सरकारको संलग्नतामा कुनै सहयोग चाहिँएको छ भने हामीले गर्ने प्रक्रिया ती कुरालाई हामीले गर्ने प्रक्रियामा ठिक छ भन्ने तथ्य सम्वत छ भन्ने कुरा राख्नु पर्छ ।'

उनले काठमाडौं महानगरका प्रमुख बालेनलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गरे । मेयर बालेनले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गरेका थिए । उनले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077