Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद ढाकाले २ करोड मागेको अडिओबारे अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन् ।

आज बिहान चितवनमा पत्रकारहरूको जिज्ञासामा गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धान गरिने जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।

‘दुई करोडको कुरा आएको छ’, उनले भने, ‘अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने कुरा हुन्छ।’

अडिओ प्रकरण अहिले आधिकारिक रूपमा अनुसन्धानको प्रक्रियाबाट निष्कर्षमा पुगिनसकेकाले अनुसन्धानको प्रक्रिया अघि बढेपछि जे पुष्टि हुन्छ त्यहीअनुसार अघि बढ्ने उनले बताए ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077