Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाका सचेतक परियारले मागे माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि माफी मागेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको बताएका हुन् ।

सचेतक परियारले सांसद् श्रेष्ठमाथि भएको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा मागेका छन् । सांसद् परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीररुपमा लिएको बताए।

क्षमा माग्दै परियारले भने,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुर्ण रहनेछौं । यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । ’

उनले विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताए । हिजो मात्र रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077