Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाका सचेतक परियारले मागे माफी

    सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाका सचेतक परियारले मागे माफी

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 588
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएपछि माफी मागेका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषयमा पार्टीले गम्भीर रुपमा लिएको बताएका हुन् ।



    सचेतक परियारले सांसद् श्रेष्ठमाथि भएको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा मागेका छन् । सांसद् परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीररुपमा लिएको बताए।



    क्षमा माग्दै परियारले भने,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुर्ण रहनेछौं । यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । ’

    उनले विगतमा भएका यस्ता घटनाहरु पनि छानबिनको दायरामा आउनुपर्ने बताए । हिजो मात्र रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार