Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने रवि निकटकै थापा रहेको खुलासा

    ढाकाकुमारलाई मन्त्री बनाउन ३ करोड माग्ने रवि निकटकै थापा रहेको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 9.9K
    SHARES

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले तीन करोड रुपैयाँ मागेको अडियो प्रकरणमा ‘कोर टिम’ सार्वजनिक गरेका छन् ।

    एक टेलिभिजनसँगको अन्तरवार्तामा पूर्वसांसद श्रेष्ठले रास्वपाका कोर टिमको नाम सार्वजनिक गरेका हुन् । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।



    उनले आफूलाई मन्त्री बनाउँछु भन्दै तीन करोड रकम डिल गर्ने रास्वपाका केन्द्रीय सदस्य मोहनजंग थापा रहेको बताएका छन् । उनले रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य थापाले डिल गरेका बताए ।



    थापा सभापति रवि लामिछानेका अति निकट व्यक्ति हुन् । देशको कायपलट गर्ने नारा लगाउँदै आएका लामिछानेले अमेरिकामा बसेर ठगीको धन्दा चलाउँदै आएका थापालाई नै केन्द्रीय सदस्य बनाएका थिए ।

    थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।

    थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार