Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधनसम्बन्धी विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित भएको छ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले पेस गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८-७९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौं वार्षिक प्रतिवेदन पनि पेस गरिएको छ।

दुवै प्रस्ताव प्रधानमन्त्री प्रचण्डको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसालले पेस गरेका हुन्।

दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077