Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रास्वपा सांसद ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले सोमबार पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले ह्वाट्सएपमार्फत पार्टीमा स्पष्टीकरण बुझाएका हुन् ।

रास्वपाका अनुशासन समितिका प्रमुख भरतमणी देवकोटाले स्पष्टीकरण आएको बताए । अब मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।

प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077