Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सांसद श्रेष्ठको 'अडिओ' छानबिन गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक आज बस्दैछ ।

सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्नका लागि बिहान ११ बजे बैठक बस्न लागेको हो ।

अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ ।

सांसद श्रेष्ठले व्यापारी प्रसाईसँग गरेको भनी आएको अडिओको स्वर आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077