Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्यूठानमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका-५ रम्दीमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

चेरनेटा रम्दी सडकको नाला बनाउनका लागि गिट्टी लिन खोलातर्फ जाँदै गरेको रा १ त ४१७६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नौबहिनी गाउँपालिका -१ ठुलागाउँ बस्ने २५ वर्षिया दुर्गा बिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्गाको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका ३ जना घाइते छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077