गोरखा । गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको छ ।
यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो ।