Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • मोरङबाट मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

    मोरङबाट मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 540
    SHARES

    मोरङ । मोरङमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ परेको छ । मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-१० का २५ वर्षीय सुशीलकुमार यादव, भारत पेसदाह पंचायतका २५ वर्षीय शौरभकुमार यादव, भोक्राहा नर्सिङ गाउँपालिका-६ का २० वर्षीय सुमनकुमार यादव र विराटनगर महानगरपालिका-१२ मोरङका सञ्जय साह रहेका छन् ।



    उनीहरूलाई फरकफरक मितिमा फरकफरक स्थानबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेकाहरूबाट चोरी गर्न प्रयोग हुने मास्टर कि पाँच पाँच थान र एकसेट नक्कली नम्बर प्लेट बरामद गरिएको छ ।



    उनीहरूले मोरङका विभिन्न स्थानबाट चोरी गरेका मोटरसाइकलहरू पहाडका दुर्गम स्थान, सुनसरीका ग्रामिण क्षेत्र र भारतका विभिन्न स्थानहरूमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार