Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

    मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 891
    SHARES

    काठमाडौं । मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-१ वाङथली घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्‍ने २७ वर्षीय पेमा तामाङ रहेका छन् ।



    उनले बालाजु बाइपास तरूण स्कुल नजिक सडक किनारमा पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०२४ प८५५० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरको नयाँबस्तीबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु पठाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार