Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पञ्‍जाबको मिलिटिरी स्टेसनमा चल्यो गोली, चार जवानको मृत्यु

एजेन्सी । भारतको पञ्‍जाबस्थित भटिन्डा मिलिटिरी स्टेसनमा गोली चलेको छ ।

बुधबार बिहान भटिन्डा मिलिटिरी स्टेसनमा गोली चल्दा ४ जना जवानको मृत्यु भएको हो।

गोली चलेको खबर पाउने वित्तिकै क्वीक रियक्सन टीम परिचालन गरिएको थियो। क्वीक रिएक्सन टीमका अनुसार आक्रमणकारी साधारण पोशाकमा आएका थिए। हाल सो क्षेत्र हाइअलर्टमा राखिएको छ।

सेनासँगै प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ। केही दिनअघि सो स्टेसनबाट राइफल हराएको थियो।

घटनामा सोही राइफल प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077