Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सांसद ढाकाकुमार भन्छन्- जनवरीको अडिओ पार्टीविरुद्ध प्रहार गर्न अहिले ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सत्य नभएको बताएका छन् ।

बुधबार साँझ श्रेष्ठका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला सांसद  श्रेष्ठले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

सांसद श्रेष्ठले भने, ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो गत जनवरी, फेब्रुअरीमा भएको अडियो, अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गरिएको हो, पार्टीलाई तीनवटै क्षेत्रमा हराउने सुनियोजित योजना हो।’

सांसद श्रेष्ठले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे । सांसद श्रेष्ठलेयो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने बताए ।

उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ। सांसद श्रेष्ठले आफूलाई सुनयोजित रुपमा फसाउन खोजेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077