Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बिन्दाबासिनी कंसाकारलाई सांसद बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विन्ध्यवासिनी कंशाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

घुस मागेको अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि कंसाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरिएको हो ।

समानुपातिक बन्दसूचीअनुसार उनलाई सांसद बनाउने पक्रिया अगाडि बढाउने पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । उनले सांसद श्रेष्ठले सोचेजस्तो जवाफ दिन नसकेको भन्दै कारबाही गरिएको बताए ।

झापाका व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन वसुन्धरास्थित केन्द्रीय कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बसेको थियो ।

बैठकका लागि सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077