Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट पक्राउ गरेको हो ।

राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077