Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोविन्दराज जोशीले तनहुँ १ मा स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा  नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् ।

तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा नेता जोशीले वाग्लेलाई समर्थन गर्ने भएका हुन् । आज गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका थिए ।

कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् । आज भएको वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए ।

जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए । उक्त वार्तामा सहभागी एक नेताले स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता जोशीको तर्फबाट आएको रास्वपा स्रोतले जनाएको छ ।

जोशीलेलाई पार्टीले २०७५ मा अनुशासनको कारबाही गरे पनि गत चैत १९ गते कारबाही फुकुवा गरेको थियो। २०७४ मा तनहुँ १ मा कांग्रेसका तत्कालीन उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको जोशीमाथि आरोप थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077