Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ढाकाकुमार सांसद नरहेको रास्वपाको पत्र संसद् सचिवालयमा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको हो ।

रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयाई महासचिवलाई लेखेको पत्र बिहीबार दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीले २०७९ चैत्र २९ गते विधानको व्यवस्थाअनुसार कारबाही गरेको जानकारी रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संसद् सचिवालयलाई गराएका छन् । पत्रमा श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठकले कारबाही गरेको उल्लेख छ ।

उनको स्थानमा सांसद पद रिक्त हुने भएकाले कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको 'कोर टिम'ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077