काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई राजनीतिक सन्यासीको संज्ञा दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै उनले आफ्नो नाममा घर जग्गा केही नभएकाले आफूलाई राजनीतिक सन्यासीको रुपमा तुलना गरेका हुन् ।
‘सन्यासीहरु पनि राजनीतिमा आउनुपर्यो । राजनीतिक गर्नेहरु सन्यासी हुनुपर्यो’ उनले भने, ‘म पनि सन्यासी हुँ । मैले आफूलाई राजनीतिक सन्यासी नै भन्छु । मेरो कुनै आफ्नो जमिन छैन । घर र व्यक्तिगत सम्पत्ति छैन । तपाइँलाई थाहा छ म विवाहित पनि छैन ।’
यस्तै उपप्रधानमन्त्री श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताए ।