Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानको विजयी सुरुआत

एजेन्सी । पाकिस्तान भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टिमविरुद्ध ८८ रनको पराजय भोगेको छ।

लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो ।

दोस्रो हाफमा एक सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा सबै विकेट गुमाउनुअघि ९४ रन मात्रै बनाउन सक्यो।

न्युजिल्यान्डका लागि माक्क च्याम्पम्यानले ३४ तथा कप्तान टम लथामले २० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका लागि ह्यारिस रौफले ३.३ ओभरमा १८ रन खर्चिएर सर्वाधिक चार विकेट लिए।

इमाद वासिमले दुई विकेट लिँदा अन्य चार बलरले एक-एक विकेट लिएका थिए। पाकिस्तानका लागि फकर रहमान र सैम आयुबले ४७-४७ तथा फशिम अस्रफले २२ रनको योगदान गरेका थिए। न्युजिल्यान्डका लागि म्याट हेनरीले सर्वाधिक तीन तथा आडम मिल्न र बेन लिस्टरले दुई-दुई विकेट लिए।

अन्य दुई बलर इश सोधी जेम्स निशमले एक-एक पाकिस्तानी बलरलाई पभिलियन फर्काएका थिए। बाबर आजमको कप्तानीमा घरेलु मैदानमा उत्रिएको पाकिस्तानले शृंखलामा १-० को अग्रता बनाएको छ। सुरआती तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय लाहोरमै हुनेछन्।

त्यसपछिका चौथो र पाँचौं खेल रावलपिन्डीमा हुनेछन्। एकदिवसीय शृंखलाका सुरुआती दुई खेल रावलपिन्डीमै खेलेर न्युजिल्यान्ड र पाकिस्तान बाँकी खेलका लागि कराँची पुग्ने छन्।

करिब एक महिना लामो भ्रमणमा रहेको न्युजिल्यान्डले पाँच खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलापछि एक दिवसीय अन्तर्राष्ट्रिय पनि खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077