Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रकाशमान सिंहले भने - कांग्रेसप्रति जनताको आश छ, कमजोरी सच्याउँदै जिम्मेवार बनौं

झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसभित्रको आन्तरिक कमजोरी सच्याउँदै पार्टी बलियो बनाउनुपर्ने बताएका छन् ।

झापामा आयोजित एक कार्यक्रम लाई संम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

नेता सिंहले भने, ‘प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

नेता सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताए। परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए ।

जनताले कांग्रेसका अहिलेका नेताहरुलाई संस्थापक नेताहरुसँग तुलना गरेर हेर्ने गरेकाले भरोसायोग्य पार्टी बनाउनुपर्ने नेता सिंहको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077