Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रविलक्षित चित्रबहादुर केसीको ब्यंग्य - खास्टाले छोपेको बिरालोले छिट्टै म्याउँ गर्‍यो, त्यसै छोड्न मिल्दैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ राजनीतिक दलहरू पनि पुराना दलहरूभन्दा भिन्न नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताए ।

केसीले भने, ‘पुराना पार्टीहरुले गल्ती कमजोरी गरे, स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आएका पार्टीले नयाँ चीज ल्याउने भए भनेर नेपाली जनता मख्ख भएर हेरिरहेका थिए । खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो, यो विषयलाई त्यसै छोड्न मिल्दैन ।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत निजी कम्पनीलाई ठेक्का दिएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति देखाएको बताए ।

पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेको नाम नलिई नयाँ पार्टीबाट नागरिकले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077