Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दक्षिण कोरिया पठाईदिन्छु भन्दै ६६ लाख ठगी, सुधनकुमार र अनिल पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ईटाली र दक्षिण कोरिया पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोंगबुस्थित ग्रिनलिफ इन्टरनेसनल कन्सल्टेन्सीका सन्चालक कालिकोटका २८ वर्षीय सुधनकुमार शाही र म्यानेजिङ डाइरेक्टर सोलुखुम्बुका ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।

उनीहरु नेपाल स्नोफल माउन्टेन ट्रेक एन्ड एक्सिपिडिसन प्रालीमा पनि सन्चालक र म्यानेजिङ डाइरेक्टरको भूमिकामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुले दक्षिण कोरिया, इटाली, न्युजिल्यान्ड, पोर्चुगललगायत देश पठाई दिने भन्दै २२ युवासँग ६६ लाख रुपैयाँभन्दा ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

उनिहरुले युवाहरुसँग ५ लाख लागतमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077