Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्मदिनको पार्टीमा गोली चल्यो : ४ जनाको मृत्यु, २८ घाइते

एजेन्सी । अमेरिकाको अलाबामा राज्यमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

शनिबार राति स्थानीय समयअनुसार १०ः३० बजे डेडेभिल सहरमा एउटा जन्मदिनको पार्टीमा गोली चलेको हो ।

अलाबामाका गभर्नर केभ आइभीले यसबारे ट्विटरमा लेखेका छन्, ‘आज बिहान, म डेडेभिलका जनता र अलाबामाका मेरा सहकर्मीहरूसँग शोकमा छु। हाम्रो राज्यमा हिंसाको कुनै ठाउँ छैन।’

डेडेभिल पुलिस र हाईस्कूल फुटबल टोलीका लागि धर्मगुरुको रूपमा सेवा गरेका बेन हेसले मारिने अधिकांश किशोर किशोरी रहेको बताए। लगभग ३२ सय जनसङ्ख्या भएको यो सहर अलाबामा को पूर्वी भागमा तल्लापोसा काउन्टीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077