Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटा भन्छन् - उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो, कानून खै ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रतिनिधिसभा उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघेको टिप्पणी गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रश्न र जवाफदेहिताभन्दा माथि कोही पनि नभएको बताए । यस्तै उनले कानून खै भनेर प्रश्नसमेत गरे ।

उनले लेखेका छन्, ‘लोकतन्त्र त्यो प्रणाली हो, जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ । प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन । उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाघ्यो । म जान्दिनँ तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागुनारायण बनाएका थिए । कानून खै ?’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077