Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसिया पठाइदिन्छु भन्दै ३ लाख ठग्ने नुनिया प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई हाल कीर्तिपुर बस्‍ने ३६ वर्षीय हिरालाल महतो नुनिया रहेका छन् ।

नुनियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको हो ।

नुनियाले सात जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु भन्दै पीडितहरुबाट पटक पटक गरी ३ लाख रुपैया लिई सम्पर्कबिहीन भएको प्रहरीको आरोप छ ।

पक्राउ परेका नुनियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077