Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • निमित्त मधेश प्रहरी प्रमुख भट्टराईका घुमुवा ठाकुरको आर्थिक आतंक, दरबन्दी हेटौँडामा असुली धनुषामा

    निमित्त मधेश प्रहरी प्रमुख भट्टराईका घुमुवा ठाकुरको आर्थिक आतंक, दरबन्दी हेटौँडामा असुली धनुषामा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 1.3K
    SHARES

    जनकपुर । निमित्त मधेश प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले विवादित तथा बदनामितलाई प्रदेशबाट धनुषा हेर्ने गरी प्रहरी हवलदार सुरेन्द्र ठाकुरलाई घुमुवा खटाएका छन् ।

    मातहत प्रहरी कार्यालय प्रमुखहरूलाई भिडियो कन्फरेन्सको माध्यमले र निरीक्षण गरी अवैध भन्सार छली, चोरी निकासी पैठारी तस्करी रोक्न निर्देशन दिइरहेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले हवलदार ठाकुरलाई धनुषा हेर्ने गरी घुमुवा खटाएका हुन् ।



    मधेश प्रदेश बाहिर रातो माटी गण हेटौँडा बागमती प्रदेश दरबन्दी रहेका र मधेश प्रदेशमा असुली काण्डमा पटक पटक कारबाही गरी करेक्सन तालिम गरेका अति नै विवादित बाद्नामितलाई प्रदेशबाट धनुषा हेर्ने गरी प्रहरी हवलदार ठाकुरलाई घुमुवा खटाएको हो । घुमुवा प्रहरी हवलदार ठाकुरको सेटिङमा धनुषा जिल्लाका विभिन्न नाकाबाट खुलेआम तस्करी भइरहेको आरोप लागेको छ ।



    विगत ५/६ वर्ष भन्दा लामो समयदेखि धनुषामा घुमुवा भएर बदनाम भएका प्रहरी हवलदार ठाकुरले सोर्सफोर्स पावरको बल लगाउँदै धनुषामा आतंक मच्चाएको स्रोतको दाबी छ । राज्यकोबाट तलब भत्ता सुविधा खाएर शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न पठाइएका खटाइएका घुमुवा प्रहरी हवलदार सुरेन्द्र ठाकुरले धनुषाको विभिन्न नाकाबाट काम गर्ने व्यापारीहरूलाई तस्करीको लाइन दिएर डिआइजीको नाममा लाखौँ लाख उठाई रहेका छन् ।

    स्रोतका अनुसार धनुषाको दुबही गाउँ बस्ने चाँची नाम गरेका तस्करका छोरा राजीव महासेठले धनुषाको मैनाथपूर, दुबही नाकाबाट स्याउ, कपडा मटर, मरीच , रक्सी, तेल, किराना आइटम, लगायतको लाइन दिएबापत ३ लाख दिएर तस्करीलाई निर्बाध रूपमा सञ्चालन गरेका छन् ।

    धनुषाको नगराईन नगरपालिका लवटोली बस्ने सुल्तान मियाले धनुषाको डेवडीहा, जमुनी नदी, महादेवपटी नाकाबाट पान पराग,सुपारी, किरानाको लाइन पाएबापत घुमुवा प्रहरीलाई ९० हजार दिएको स्रोत बताउँछ ।

    यस्तै धनुषाको फूल्गमा बस्ने उमेश साहले धनुषाको लग्मा जटहि, मुखियापटीबाट मोबाइल, मरीच, स्याउ, रक्सी, हुन्डीको पैसा, किराना आइटमको लाइन पाएबापत ८० हजार दिएर लाइन पाएका छन् भने धनुषाको जद्कूहा बस्ने गफार मियाको छोरा कलाम मियाले धनुषाको खजुरी, महुवा, बलहा, कढाल नाका बाट कपडाको लाइन मोटो रकम बुझाएर लाइन पाएका छन् ।

    स्रोतका अनुसार तस्करीको लाइन पाउने व्यापारीहरूमा धनुषाको तारापटी बस्ने सुरेश साह नामको व्यापारीले धनुषाको मैनाथपुर ,दुबही, इटहर्वा, तरही नाका बाट कपडा, स्याउ, मरीच, हार्डवेयर ,सुर्ती, पान पराग जस्ता लाइन पाएका छन् । त्यस बापत ३ लाख ५० हजार महीनबारी दिएर लाइन चलाएको स्रोतको दाबी छ ।

    धनुषाको बर्तूलाह खातुन नाम गरेका व्यापारी धनुषाको तरही ,इटहर्वा, बहूआर्वा नाकाबाट कपडा, जुता चपलको लाइन पाएका छन् । धनुषा बस्ने धर्मेन्द्र साह धनुषाको तरही ,इटहर्वा, धनौजी नाकाबाट कपडाको लाइन पाएका छन्। यी व्यापारीहरू धनुषाको मुख्य व्यापारी हुन । घुमुवा ठाकुरले यी व्यापारीबाट ८० हजार देखि पाँच लाख सम्म उठाइरहेको चर्चा धनुषामा चलिरहेको छ ।

    अनलाइन नेपाललाई एक विशेष स्रोतले दिएको जानकारी अनुसार महानिरीक्षक शैलेस थापा क्षेत्रीका समयमा तस्करी गराइ घुस उठाएको आपराधिक गतिविधिमा संलग्न देखिएको र उजुरी गुनासो हेडक्वार्टरसम्म पुगेपछि प्रहरीकै बदनाम गराएको भनेर कारबाही गरी करेक्सन तालिम गराएर रातो माटी गण हेटौँडा बागमती प्रदेश लखेटिएका घुमुवा प्रहरी हवलदार सुरेन्द्र ठाकुर सोर्सफोर्स लगाइ धनुषामै फर्केर फेरि धनुषा हेर्ने घुमुवाको जिम्मेवारी लिई तस्करी गराइ असुली धन्दा कायमै राखी मालामाल भएको खबर प्राप्त भएको छ । घुमुवा प्रहरी हवलदार सुरेन्द्र ठाकुरबाट जिल्ला एसपीहरू समेत डराउने गर्दछन् ।

    नेपाल प्रहरीको तलब भत्ताले घरपरिवार पाल्न, दुई छाक टार्न र छोराछोरी पढाउन धौधौ बित्छ तर बारा जिल्ला निवासी घुमुवा प्रहरी हवलदार सुरेन्द्र ठाकुर दर्जामा कनिष्ठ भए पनि चलखेलको हिसाबले डिआइजीको भन्दा पनि धेरै कमाइ सकेको र घुसको कमाइबाट धन सम्पत्ति आर्जन जनकपुर जस्ता सहरमा घर घडेरी जोडन सफल भएका छन् ।

    प्रदेश प्रहरी कार्यालयबाट धनुषा हेर्ने गरी घुमुवाको रूपमा खटिएका ठाकुरले असुली धन्दाबाट नै जनकपुरको ४ न. वडा कटइया चौरी भन्ने स्थानमा ५० लाखमा भन्दा माथिको जग्गा किनेर झण्डै ६० लाखको हाराहारीमा घर बनाएका छन् । यस्तै अवैध कमाइबाट नै जनकपुरको मुसहरी टोलमा पनि २५ लाख बराबरको ८ धुर जमिन किनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार