Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • तस्करको सेटिङमा विवादित असई यादव पथलैया चौकीका इन्चार्ज, एसपीकै संरक्षण

    तस्करको सेटिङमा विवादित असई यादव पथलैया चौकीका इन्चार्ज, एसपीकै संरक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । मधेश प्रदेशका डीआइजी मसाउद आलम खाँले बदनाम जुनियर अधिकृत र सिपाही हवल्दारलाई घुमुवा राखेर संगठनको छविमै कालोधब्बा पोत्ने काम गरेका छन् । उनीभन्दा अघिका डीआइजी उमेश रंजितकारले अवकाश हुने समयमा विवादित असई मनोज यादवलाई प्रहरी चौकी पथलैयाको इन्चार्जमा खटाएका थिए ।

    प्रहरी नायब निरीक्षक (सई) इन्चार्ज हुने पथलैया चौकीमा असई यादवलाई खटाइएको छ । रंजितकारले पदबाट अवकाश हुने समयमा यादवसँग लाभ लिएर पथलैयाजस्तो महत्वपूर्ण चौकीमा खटाएको आरोप लाग्दैआएको छ ।



    असई यादव सर्लाहीको सबैभन्दा बढी भन्सार छलीका सामान ओेसारपसार हुने त्रिभुवननगर सीमाचौकीका इन्चार्ज हुँदा तस्करीको लाइन चलाएपछि विवादमा तानिएका थिए । अख्तियारसम्म पहुँच छ भन्दै असई यादवले सई इन्चार्ज हुने आकर्षक चौकीको इन्चार्ज हुने र तस्करसँग कनेक्सन गरी लाभ लिने गरेको आरोप छ ।



    भन्सारछलीदेखि सीमापार अपराधिक गतिबिधि गर्नेहरुसँग साँठगाँठ भएका असई यादवले डीआइजीदेखि एसपीसम्मलाई मासिक दररेट बुझाएर खुसी पार्दैआएका छन् । रंजितकारपछि गएका डीआइजी मसाउद आलम खाँ र बाराका एसपी दिलीपसिंह देउवालाई समेत उनले भागशान्ति गरी तस्करी संचालन गरिरहेका छन् । मनोज यादवलाई पथलैया लानका लागि तस्करहरुको समूह नै लाग्दैआएकाे थियो ।

    असई यादव बालाजु प्रहरी बृत्तमा कार्यरत छँदा ५ लाख लुटपाट गरेको आरोपमा अख्तियारबाटै मुद्दा परेका ब्यक्ति हुन् । उनी २०७४ कात्तिकमा धनकुटा घर भई हाल काठमाडौं टोखा बस्दै आएका नेपाली सेनाका अवकाशप्राप्त हवल्दार गंगा देवानलाई झूटो मुद्दा खडा गरेर १५ देखि २० लाख रुपैयाँ मागेको आरोपमा पक्राउ परेका थिए ।

    आर्थिक लेनदेनको झूटो व्यहोरा देखाएर जबर्जस्ती पीडित खडा गरी एक पूर्वसैनिक हवल्दारबाट पाँच लाख घुस लिएको प्रमाणसहित उनी पक्राउ परेका थिए ।

    बालाजु बृत्तका तत्कालीन हवल्दार मनोज यादव, असई चन्द्रसिंह भाट र जवान पुस्कर शाहले देवानलाई पक्राउपुर्जी विना नै थुनेर २० लाख माग गरेका थिए । देवानकी पत्नी विनिताले अख्तियारमा उजुरी दिएर ५ लाख घुस दिने क्रममा भाट र शाह पक्राउ परेका थिए भने हवल्दार यादव फरार भएका थिए । उनी पछि पक्राउ परेका थिए ।

    अख्तियारले असई भाट, हवल्दार यादवसहित बृत्तका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीबिरुद्ध मुद्दा दायर गरेको थियो । पछि सेटिङ गरेर मुद्दा जिती यादव बहाली भएपछि सीमा क्षेत्रका बारा र पर्सामा आकर्षक चौकीको इन्चार्ज हुँदै तस्करीको लाइन चलाएर घुस लिन तल्लीन छन् । उनीसँगै प्रहरीमा भर्ना भएकाहरु उनलाई करोडपति सईका रुपमा चिन्ने गर्दछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार