Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तराईका कुख्यात डाँका चन्दन पासवान पक्राउ

    तराईका कुख्यात डाँका चन्दन पासवान पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.2K
    SHARES

    जनकपुरधाम । प्रदेश नं २ प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका कुख्यात डाँका चन्दन पासवानलाई पक्राउ गरेको छ ।

    पछिल्ला केही वर्षदेखि तराईमा भएका डकैतीका घटनामा मुख्य संग्लग्नता रहेको पाइएका पासवानलाई घरमा आएको सूचनाका आधारमा प्रदेश प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो ।



    धनुषा जिल्ला विदेह नगरपालिका ४का ४० वर्षीय पासवान सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यावसायी राजेश शारडाको घरमा भएको डकैती घटनामा पनि संग्लग्नता देखिएको प्रदेश प्रहरीले जनाएको छ ।



    यस्तै, २०७७ चैत ३० मा शारडाको घरमा हतियारधारी डाँकाको समूह प्रवेश गरी उनका बुवा भगिरथ र परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटपाट गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहान पठाइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।

    यसैगरी रुपन्देहीको तत्कालीन चिल्हिया गाबिस ६ का फतेसिंह राणा र उत्तमकुमार क्षेष्ठको घरमा भएको डकैती घटनामा पनि पासवानको संग्लग्नता रहेको थियो । त्यहाँका प्रहरीले पनि उनीमाथि डाँका मुद्दा दर्ता गरेको डीएसपी मिश्रले बताए।

    पासवानमाथि अन्य ठाउँमा पनि मुद्दा रहेको विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार