Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा सहभागी परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाका अनुसार अब अर्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय हुने छ ।

उनले भने,'सिंहदरबारमा बसेको बैठकमा छलफल भयो तर कुनै निर्णय भएन, अर्को बैठकबाट निर्णय हुन्छ ।' सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर र उपप्रधानमन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077