Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलको दिल्लीस्थित एम्स अस्पतालमा उपचार सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार सुरु भएको छ ।

राष्ट्रपति पौडेललाई भारतको राजधानी नयाँ दिल्लीस्थित एम्सको भीआईपी आईसीयूमा राखेर उपचार सुरु भएको हो ।

राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलबाट उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो ।

राष्ट्रपति पौडेलको उपचारमा हाल एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा.अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न रहेको छ ।

चिकित्सकहरूले राष्ट्रपतिको नेपालमा गरिएका लगभग सबै परीक्षणहरु पुन दोहोर्‍याउनुका साथै केही थप परीक्षण पनि गरिने बताएका छन् । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट बुधबार बिहान भारत लगिएको थियो ।

छातीमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा अस्पताल गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077