Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा थप १० जनाले दिए उजुरी

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा थप १० जना पीडितले जाहेरी दिएका छन्।

सन्देश शर्मा, सानु भण्डारी, केशव दुलाल लगायतले आफूहरुलाई ठगेको भन्दै १० जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका हुन् ।

२०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि प्रलोभनमा पारी ठगी गरेको जाहेरीमा उल्लेख छ।

जाहेरी दिने पीडितहरु कास्की, दाङ, मोरङ र रुकुम जिल्लाका रहेका छन्। उनीहरुको करिव ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी गरेको आरोप छ।

१० वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077