Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी, ताहाचालबाट टिका पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुवापाखर गाउँपालिका ६ घर भइ हाल नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका छन् ।

भण्डारीले ठगी गरेको भन्दै उजुरी परेपछि खोजतलास गर्दा भण्डारीलाई ताहाचालबाटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भण्डारीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पीडित मिलन तामाङसमेत १० जनाबाट १५ लाख ठगी गरी फरार रहेका थिए।

पीडितहरूले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ताहाचालबाट पक्राउ गरेको हो।

भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077